काठमाडौं। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छन्।
बुधबार मतदान सकिएसँगै भएको मतगणनामा माओवादी केन्द्रकी अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी हुन्।
उनले लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवलाई पराजित गरेकी हुन्। यादवलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो।
अन्यतर्फको एक जना राष्ट्रिय सभा सदस्यका लागि मतगणना जारी रहेको छ।