प्रदेश १: एमाले उम्मेदवार बरालले आफ्नै दुई सांसदको मत नपाउँदा पराजित!

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ४९


काठमाडौ । राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन्। निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए । गोला तान्दा बस्नेत बिजयी भए।

प्रदेश १ का एमालेका दुई सांसदले बराललाई मत नदिँदा उनी पराजित भएका हुन्। यदी दुई मत पाएको भए बराल सहजै विजयी हुने थिए तर उनले दुई मत पाएनन्।

एमालेका ४० जना सांसदले मतदान गरेपनि बरालले ३८ मत प्राप्त गरे। एमालेको एउटा मत राप्रपालाई गयो भने अर्को एक मत बदर भएको थियो । एमालेकै एक जना सांसद गुलेफुन मिया मत खसाल्न आइनन् । उनी सरकारी कागजात किर्ते मुद्दामा फारर सूचीमा छन्।


प्रतिक्रिया दिनुहोस्