अनुसन्धान भन्छः अचेलका ब्राभन्दा १७ औं शताब्दीको कोरसेट उत्कृष्ट

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ४१


काठमाडौं। १७ औं शताब्दीमा लगाइने भित्रीवस्त्र कोरसेट अहिलेका भित्रीवस्त ब्राभन्दा सहज र सजिलो भएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

सिड्नीका अनुसन्धानकर्ता सरा बेन्डलले आफ्नो नयाँ पुस्तक ‘सेपिङ फेमिनिटीः फाउन्डेसन गार्मेन्ट्स, द बडी एन्ड वुमन इन मोडर्न इंगल्यान्ड’मा उक्त कुरा उल्लेख गरिएको छ।

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीका अनुसन्धानकर्ता उनका अनुसार स्तनको सहजताको लागि ब्राभन्दा कोरसेट सहज भएको उनको भनाइ छ।

ब्रालेभन्दा कोरसेटले नै महिलाको स्तनलाई धेरै फाइदा पुग्ने पनि उनको भनाइ छ। चार–पाँचसय वर्ष पहिलेका मानिसले बनाएका कोरसेट अहिलेका ब्राभन्दा फाइदाजनक रहेको उनको भनाइ छ।

उनका अनुसार ठूला स्तन भएका महिलालाई ब्रा त्यति सहज हुुँदैन तर कोरसेट निकै सहज हुन्छ।


प्रतिक्रिया दिनुहोस्