प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ५०


विराटनगर। राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन्।

नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन्।

निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन्। तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए।


प्रतिक्रिया दिनुहोस्