काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी दल (जसपा)का नेता डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
डा भट्टराइले बुधबार आफूलाई संक्रमण देखिएको बताएका छन।
पिसीआरको रिपोर्ट पोजेटिभ आएपनि लक्षण सामान्य रहेको उनले बताएका छन।
निकट सम्पर्कमा आएकाहरूलाई सतर्क रहन पनि उनले आग्रह गरेका छन।
कोरोना पुष्टि भएपछि डा.भट्टराई अबको केही दिन आइसोलेसनमा रहनेछन।
सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! ळक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।
— Baburam Bhattarai (@brb1954) January 26, 2022