विमान बनेर उड्नसक्ने कारले पायो आधिकारिकता, यो चलाउन पाइलटको लाइसेन्स हुनैपर्ने

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : १४


लन्डन। स्लोभाकियाका वैज्ञानिकहरुले निर्माण गरेको उड्ने कारको परीक्षण सफल भएको छ।

‘एअरकार’ नाम दिइएको उक्त कारले ७० घण्टा हावामा उडेर अवतरण गरेको सीएनएनले जनाएको छ। अन्तिम परीक्षण सफल भएपछि उक्त उड्ने कारले आधिकारिकता पाएको छ।

स्लोभाकियाको यातायात प्राधिकरणले उड्ने कारलाई सुरक्षित यातायातको प्रमाणपत्र दिएको छ। यो कारको दुई रुप छ। एक यो कार हो अर्को यो कुद्दा कुद्दै विमान बन्नसक्छ।

विस्तारै यो कारलाई बजारमा सार्वजनिक गरिनेछ। यो कारले हवाई यात्रामा नयाँ आयाम अवस्य थप्नेछ। तर यो कारलाई चलाउन चालकसँग पाइलटको लाइसेन्स अनिवार्य हुनुपर्ने जनाइएको छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्