इन्डोनेसियामा गुन्डा समूहबीच हिंस्रक झगडा हुँदा होटलमा आगलागी, १९ जनाको मृत्यु

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : २३


जकर्ता। इन्डोनेसियाको राजधानी जकार्तामा दुई गुन्डा समूहबीच हिंस्रक झडप हुँदा १९ जनाको मृत्यु भएको छ।

सीएनएनका अनुसार वेस्ट पपुवा क्षेत्रमा रहेको एउटा क्यारीओकी बारमा झडप भएको थियो। झडपपछि त्यस होटलमा आगलागी भएको थियो।

आगलागीमा परेर साथै धारिलो हतियारको आक्रमणबाट मानिसहरुको ज्यान गएको जनाइएको छ।

वेस्ट पपुवा प्रहरीका अनुसार सो क्षेत्रमा गुन्डा समूहबीच झडप भइरहन्छ। धेरैको मृत्यु भएको भने यो पहिलोपटक हो।


प्रतिक्रिया दिनुहोस्