अरबी भाषाको चलचित्रमा नायिकाले अन्डरवेयर खोलेको भन्दै सर्वत्र आलोचना

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : २६


काठमाडौं। चलचित्रहरु अनलाईन स्ट्रिम गर्ने अमेरिकी कम्पनी नेटफ्लिक्समा पहिलोपटक अरबी भाषाको चलचित्र सार्वजनिक भएको छ।

सन् २०१६ को सुपरहिट चलचित्र ‘पर्फेक्ट स्ट्रेन्जर्स’को रिमेक चलचित्र अरबी भाषामा बनाइएको हो।

यो चलचित्रमा नायिका विवाह पश्चात पनि अर्कै पुरुषसँगको अनैतिक सम्बन्धमा हुन्छिन् जसले मदिरा पिउँछ।

चलचित्रमा इजिप्टकी नायिका मोना जाकिले अन्डरवेयर खोलेको दृश्यलाई लिएर र महिलालाई गलत रुपमा प्रस्तुत गरिएको भन्दै अरबी मुुलका नागरिकहरुले यस चलचित्रको आलोचना गरिरहेका हुन्।

बीबीसीका अनुसार चलचित्रका दृश्यहरु अरबी सँस्कृतीमा विचलन ल्याउने खालको भएको टिप्पणी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्