एजेन्सी।भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ।
दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ।
मंगलबार जारी गरिएको तथ्यांक अनुसार दिल्लीमा अब पोजेटिभिटी रेट १० प्रतिशत भन्दा केही धेरै रहेको छ। गत हप्ताको तुलनामा नयाँ संक्रमितको संख्या र दरमा तिव्र रुपमा कमी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।