ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : २४


जरकोट। छेडागाड नगरपालिका-१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

भेरी नगरपालिका-१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे ३ त १४९५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ।

सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाई छ। स्थानीयका अनुसार सडकबाट ट्याक्टर खसेको थियो।

ट्याक्टर धनीका अनुसार ट्याक्टरमा चालक र सहचालक सवार रहेका थिए। चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ। यो समाचार तयार पार्दासम्म कुनै जानकारी नआएको सूचना शाखाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्