केयूले अतिरिक्त शुल्क फिर्ता गर्ने, विद्यार्थी आन्दोलन स्थगित

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ३०


संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन्।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।

पुस १० गते काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थी कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होटल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन पाठन लगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निशर्त कक्षामा सहभागी गराउने सहमति भएको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्