काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
केही दिन अघि कोरोना संक्रमित भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
विगत केही वर्षदेखि पार्किन्सन जस्तो देखिने रोगबाट समेत पीडित दाहालको आइसियुमा राखेर उपचार गरिएको र हाल स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ।
पछिल्लो अवस्था सुधारोन्मुख रहेकोले घर जाने सल्लाह दिइएको छ।” विज्ञप्तीमा उल्लेख छ।