अफ्रिकामा फुटबल म्याच दौरान भागदौड मच्चिँदा आठ जनाको मृत्यु

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : ४७


अफ्रिका। अफ्रिकामा एउटा फुटबल म्याचका दौरान भागदौड मच्चिँदा आठ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार अफ्रिकन नेसन्स कप अन्तर्गत भएको खेलमा क्यामरुनको रंगशालामा भागदौड मच्चिँदा सो घटना भएको हो।

भीडहरु एकअर्कामाथि चढ्दा मानिसहरुको मृत्युहुनुको साथै अन्य दर्जनौं मानिस घाइते भएका हुन्।

खेल हेर्नको लागि एकले अर्कालाई धकेलेपछि मानिसहरुबीच ठेलाठेल भएको थियो। खबरअनुसार ६० हजार क्षमताको रंगशालामा ८० प्रतिशत दर्शकलाई मात्र अनुमति दिइएको थियो।

तर कोरोनाको बेवास्ता गर्दै मानिसहरु रंगशाला तिर हुँइकिएपछि सो घटना भएको हो।


प्रतिक्रिया दिनुहोस्