रुस-युक्रेन संकट: नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : १७


काठमाडौं । युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ । सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ।

उता, युक्रेनमाथि रूसको हमलाको आशंकाका बीच आयरल्याण्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ।

युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र यूरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन्।

रूसले आफ्नो छिमेकी देश युक्रेनको सीमामा करिब एक लाख सैनिक र ठूलो संख्यामा हतियार तैनाथ गरेको छ । यसलाई लिएर तनावको अवस्था बनेको छ।

तर रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्