बझाङमा वडाध्यक्ष र वडा सचिवलाई दलियो कालोमोसो

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : २३


काठमाडौं । बझाङमा वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलिएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समितिले बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा-८.का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौं भ्रष्टाचार गरेको आरोपमा जनकारवाही स्वरूप कालोमोसो दलेको बताएको छ।

उनीहरुमाथि वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप छ।


प्रतिक्रिया दिनुहोस्