के ब्रह्मान्डमा एलिएन लाईफ अस्तित्वमा छ?

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : ५५


न्युयोर्क। पछिल्लो दशकमा अन्तरिक्ष अनुसन्धानले राम्रै स्थान पाएको छ। अन्तरिक्षमा जेम्स वेब टेलिस्कोप परिचालनदेखि प्लुटोमा अन्तरिक्ष मिसन सुरु गरेर अन्तरिक्ष यात्रीहरुले धेरै ‘ब्रेकथ्रु’ गरेका छन्।

भूर्गविद्, वैज्ञानिक, अन्तरिक्ष यात्रीले लामो समयदेखि अन्तरिक्षका विभिन्न रहस्य सार्वजनिक गर्दै आएका छन्।

अन्तरिक्षको क्षेत्रमा धेरै ठूला प्रगति भए पनि एलिएन जीवन भने अझै रहस्यकै गर्भमा छ। विभिन्न समयमा धेरै अपरिचित उड्ने वस्तु पृथ्वीमा देखिएसँगै एलिनको अस्थित्वबारे पनि चर्चा बढेको छ।

वैज्ञानिकहरुले विभिन्न ग्रह र सौर्य प्रणालीका विभिन्न तथ्य सार्वजनिक गरिसकेका छन्। ताराको प्रकृति, पुच्छ्रेतारासँग सम्बन्धित विभिन्न जिज्ञासा समाधान भएका छन्।

तर, ब्रह्मान्डमा ‘एलिन लाइफ’ को अस्थित्वबारे गरिएका विभिन्न प्रश्न अनुत्तरित छन्। किन? एलिएन लाइफ वास्तविकता हो भने किन अझै रहस्यमै छ?

ब्रह्मान्डमा एलिनको अस्थित्वबारे विभिन्न पौराणिक ग्रन्थ, चलचित्रलगायतमा पढ्न तथा सुन्न पाइन्छ ।

दशकौंदेखि एलिएनको विषय मानव जगतका लागि एउटा सर्बाधिक विषय बनेको छ । अन्तरिक्ष विज्ञानमा प्रगतिसँगै यस विषयप्रतिको उत्सुकता झन् बढिरहेको छ ।

विश्वभरका वैज्ञाकिहरुले ब्रह्मान्डमा एलिएनको जीवन पत्ता लगाउन सकेका छैनन् भने विश्वास गर्न पनि कठिनाई भइरहेको छ। योसँगै प्राय मानिसको दिमाग घोच्ने प्रश्न पनि छ– ब्रह्मान्डमा के एलिन जीवन छ? के हामी एक्ला छौं? एलिनबारे सार्वजनिक हुन नसकेका धेरै गोपनियता सार्वजनिक हुन बाँकी नै छ। आशा गरौं वैज्ञानिकहरुले छिट्टै यो रहस्य सार्वजनिक गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्