काठमाडौं। बलिउडकी चर्चित तथा हलिउडमा पनि अभिनय गरिसकेकी भारतीय अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन्।
उनले गत शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी थिइन्।
‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं। हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला’, उनले लेखेकी थिइन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार प्रियंका सरोगेसीमार्फत छोरीको आमा बनेकी हुन्। तर यस विषयमा भारतमा नयाँ बहस छेडिएको छ।
आलोचकहरुले सरोगेसीमार्फत् आमा बनेपछि प्रियंकामाथि व्यंग्य गर्दै उनका बच्चा ‘रेडीमेड बेबि’ भन्न थालेका छन्। आलोचकहरुले आफूले जन्म नदिएको सन्तानप्रति भावना हुनसक्छ र भन्दै प्रश्न गरेका छन्।
भारतीय लेखक तस्लिमा नसरिनले पनि प्रियंकालाई इंगित गर्दै ट्विटरमा लेख्छिन्,‘सरोगेसी मार्फत तयार भएको बच्चा जन्माउँदा ती आमाहरूलाई कस्तो लाग्छ? के उनीहरुमा बच्चा जन्माउने आमाहरुको जस्तै सन्तानप्रतिको भावना हुन्छ?’
How do those mothers feel when they get their readymade babies through surrogacy? Do they have the same feelings for the babies like the mothers who give birth to the babies?
— taslima nasreen (@taslimanasreen) January 22, 2022