उपचारपछि चीनबाट फर्कँदै वर्षमान पुन, अब माओवादी पदाधिकारीको टुंगो लाग्ने

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : ५२


काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन्।

थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन्।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन्। ​

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।

पुन महासचिवका प्रबल दाबेदार हुन्। उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ।


प्रतिक्रिया दिनुहोस्