स्थानीय तहको चुनावबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : १६


प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन्।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्यौल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन्।

यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन्।

किनकि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाली आगामी जेठमा सकिँदैछ। त्यसअघि नै निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघको निर्वाचन गर्नुपर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेको छ।

प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन। तर स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएको छ।

सर्वदलीय बैकठमा एमालेको सहभागिताबारे अन्यौल छ। एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्