आजको राशिफल: सिंहलाई आर्थिक सहयोग हुने, कन्याको आफन्तसँग सम्बन्ध बिग्रन सक्ने

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ०३


८, माघ २०७८, शनिबार। तद्नुसार जनवरी २२ तारिक २०२२ । माघकृष्णपक्ष चर्तुथी तिथि शुरु भएर पञ्चम, अृमत योग, चन्द्रमा सिंह राशिमा छ। आज बिहान ६ः६७ मा सूर्योदय र १७ः३३ मा सूर्यास्त हुनेछ । नवग्रहमध्ये शनि ग्रह चाहिँ अलि बढी कारक ग्रह मानिन्छ।

आज बिहान ९ः३६ देखि १०ः५६ सम्म राहुकाल रहेको छ । ११ः५४ देखि १२ः३६ सम्म अभिजित मुहूर्त छ। भनिन्छ राहुकाल भएको समयमा शुभकार्य नगर्नु होला । शनिबारका दिन पिपलको बृक्षको जल अभिषेक र विहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ।

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ): आजको दिन व्यापारव्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राका लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नुभन्दा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो): वृष राशिका जातकका लागि आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुन सक्छ यस्तो अवस्थामा सकारात्मक हुन जरुरी छ। आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आर्थिक हानी हुनेसक्ने छ त्यसैले सर्तक रहनुहोला।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह): परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो): कर्कट राशिका जातकले शनिबार विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे): आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईंमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ। सहयोगी आफन्त र मित्रबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो): तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट तपाईंलाई सफलता प्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ। साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईंको मनमा शान्ति प्राप्त हुनेछ । तपाईंले कसैलाई अपमान नगर्नुहोला।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते): आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु): आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ। आजको दिन अनावश्यक खर्च हुनसक्ने छ होस् पुर्‍याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे): आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन मानसम्मान समेत मिल्नेछ। सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी): देवालय र शिवालयको यात्राले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संयमताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द): आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईंमा सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि फाइदा हुनेछ ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची): आजको दिन अध्ययन अध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय बिताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला। नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । बिहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ।


प्रतिक्रिया दिनुहोस्