क्रिप्टो करेन्सीको ट्रेड गर्ने युवा पक्राउ

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ५ : २५


काठमाडौं । अवैधानिक रुपमा क्रिप्टो करेन्सीको कारोबार गर्ने व्यक्तिहरु पक्राउ परेका छन।

राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुलाई काठमाण्डौको मिनभवनबाट पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको छ।

पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु।२६,००,०० कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्