स्ट्रेलियन ओपनः विश्व नम्बर एक बार्टी चौथो चरणमा

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : ५६


काठमाडौं । अष्ट्रेलियन विश्व नम्बर एक अस्ले बार्टी शुक्रबार अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन्।

मेलबर्न पार्कमा भएको खेलमा बार्टीले इटालियन क्यामिला जियोर्जीलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाइन्।

बार्टी गत वर्ष ओपनको क्वार्टरफाइनलबाट बाहिरिए पनि विम्बल्डन च्याम्पियन बनेकी थिइन्। सन् २०१२ देखि ग्रान्डस्लाममा डेब्यु गरेकी बार्टीले सन् २०२० मा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी थिइन्।

चौथो चरणमा बार्टीले अमेरिकी अमान्डा अनिसिमोभा र जापानकी नाओमी ओसाकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। ओसाका ओपनकी साविक विजेतासमेत हुन्।


प्रतिक्रिया दिनुहोस्