कारोना संक्रमित घटे, २४ घन्टामा १० हजार ७ सयलाई संक्रमण पुष्टि

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : ४६


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन्। तीनजनाको मृत्यु भएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ।


प्रतिक्रिया दिनुहोस्