नक्कली मह बनाएर बजारमा बेच्दै आएका श्रेष्ठ पक्राउ

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : २०


काठमाडौं । काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण गर्दै आइरहेका व्यक्ति पक्राउ परेका छन।

गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको बिशेष टोलीले काठमान्डौ महानगरपालिका वडा नं २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।

मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के जी) तयारी तथा कच्चा मह समेत बरामद गरीएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान पछि थप कारवाहीको लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ।

श्रेष्ठले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्दै आएका थिए।

उनको गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गरेको थियो।

उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. ६५० मा बिक्री बितरण गर्दै आएको बुझिएको प्रहरीको भनाई छ।

 


प्रतिक्रिया दिनुहोस्