प्रधानमन्त्री देउवाले देशबासीका नाममा सम्बोधन गर्दै

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ३५


प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन।

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकारका कामकारबाहीबारे समेत जानकारी गराउने बताइएको छ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका रुपमा यो उनको ५ औं कार्यकाल हो। रासस


प्रतिक्रिया दिनुहोस्