धनगढीमा प्रहरीले नै चोरे मोबाइल, दुुई प्रहरीलाई लिइयो हिरासतमा

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १ : २३


धनगढी। धनगढीमा मोबाइल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा लिइएको छ।

प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अपराधीलाई पक्राउ गर्न जाँदा माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा प्रहरी टोली पुगेको थियो। कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो।

त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगरसहित समातिएका थिए।

सो क्रममा प्रहरी टोलीमा गएका माल र बुढाले एकएक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ।


प्रतिक्रिया दिनुहोस्