अभिनेता सुशान्तको ३६औं जन्म जयन्ती आज, चलचित्र ‘पीके’मा उनको पारिश्रमिक २१ रुपैंयाँ

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १२ : ५७


काठमाडौं। दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो।

उनको निधन १४ जुन २०२० मा भएको थियो। उनलाई आफ्नै अपार्टमेन्टमा मृत भेटिएको थियो। झुन्डिएको अवस्थामा फेला परेका सुशान्त के कारणले झुन्डिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

यी अभिनेताले छोटो जीवनमै ठूल्ठूला सफलता हासिल गरेका थिए। एक फिल्ममा अभिनय गरेबापत करोडौं पारिश्रमिक लिने सुशान्तले एक फिल्मबाट २१ रुपैंयाँ पारिश्रमिक लिएका थिए।

निर्देशक राजकुमार हिरानीको ‘पीके’मा सुशान्तले भलै छोटो भूमिकामा अभिनय गरे पनि त्यो अभिनयबाट उनले राम्रो छाप छोडेका थिए।

सुशान्तले यो फिल्ममा १५ मिनेटको भूमिकाका लागि पारिश्रमिक लिएका थिएनन्। तर निर्देशक राजकुमार हिरानीले उनलाई सगुनका रूपमा २१ रुपैंयाँ दिएका थिए। यो रकम सुशान्तले खुसीसाथ स्वीकारेका थिए।


प्रतिक्रिया दिनुहोस्