काठमाडौं। इल्चेलाई २–१ अन्तरले पराजित गर्दै रियल मड्रिड बिहिवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रबेश गरेको छ।
रियलको जितमा इस्को र हाजार्डले गोल गरे। पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे।
खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो। गोन्जालो भेर्डुले अग्रता बनाए ।
खेलको १०८औं मिनेटमा इस्कोले खेल १–१ को अवस्थामा ल्याए । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए।
खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए।