कोपा डेल रे उपाधि हाेडबाट बाहिरियो बार्सिलोना, बिल्बाओसँग ३–२ ले पराजित

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : १७


काठमाडौं। एथ्लेटिक बिल्वाओसँग अतिरिक्त समयमा ३९२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ।

बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो।

बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे।


प्रतिक्रिया दिनुहोस्