मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ९ : ३२


बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

देउलेक–गर्जे सडकअन्तर्गत बैतडीको सिगास-९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर जिल्ला घर भएका २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ ५ बजे आफैले चलाएको मोटरसाइकल सडकबाट डेढसय मिटर तल खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ गइरहेका थिए। उनी ट्याक्टरका चालकसमेत रहेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्