सैन्य सवारी दुर्घटना हुँदा दुई अमेरिकी सेनाको मृत्यु, अन्य १७ सेना घाइते

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : १८


क्यारोलिना। उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन्।

समुद्री सेना बोकेको ७ टन वजनको सैन्य ट्रकको १९ वर्षीय चालकले राजमार्गमा घुम्न खोज्दा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ।

घाइते मध्ये दुई जनालाई साउथ क्यारोलिनाको ग्रीनभिल शहरको विडान्ट मेडिकल सेन्टरमा हेलिकप्टरद्वारा लगिएको मिडियाले जनाएको छ। अन्यलाई सडकबाट अस्पताल लगिएको बताइएको छ।

चालकलाई सुरक्षित गति भन्दा बढी चलाएको आरोपमा कारबाहीको सिफारिस साथै प्रशासनिक अपराधको आरोप पनि लगाइएको छ। अहिले दुर्घटनाको विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्