दिल्ली। भारतले नयाँ सुरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण सम्पन्न गरेको छ। बिहीबार भारतलाई यो सफलता हात परेको हो।
समाचार संस्था एएनआईका अनुसार भारतले ब्राह्मोस क्षेप्यास्त्रको नयाँ मोडल परीक्षण गरेको हो। नयाँ क्षेप्यास्त्र ओडिसाको बालासोर तट क्षेत्रमा बिहीबार प्रक्षेपण गरिएको थियो।
नयाँ प्रविधि जडान गरिएको यस क्षेप्यास्त्र सबैभन्दा तेज गतिको सुपरसोनिक क्षेप्यास्त्र भएको बताइएको छ। यो क्षेप्यास्त्र ध्वनीको गति २.८ म्याक जत्तिकै तीव्र छ।
चीनसँग सीमा क्षेत्रमा विवाद जारी रहेको समयमा यो हतियारले भारतलाई रणनीतिक लाभ मिल्ने विश्लेषकहरु बताउँछन्।
#WATCH | Today India successfully testfired a new version of the BrahMos supersonic cruise missile off the coast of Odisha in Balasore. The missile was equipped with new technological developments which were successfully proven
(Video source: DRDO) pic.twitter.com/VdGSYW10W5
— ANI (@ANI) January 20, 2022
यो नयाँ क्षेप्यास्त्र भारतले रुसको सहयोगमा बनाएको हो। यसलाई जल, थल र वायु सबै क्षेत्रबाट प्रहार गर्न सकिनेछ।
यो क्षेप्यास्त्रले २९० देखि ३०० किलोमिटर परसम्म पुगेर आक्रमण गर्नसक्दछ।