ताहिरा कश्यप आफ्नो पुस्तकमा लेख्छिन्ः श्रीमान आयुष्मानले मेरो ‘ब्रेस्ट मिल्क’ पिए!

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ३ : ३५


दिल्ली। ताहिरा कश्यप बलिउड स्टार आयुष्मान खुरानाकी श्रीमती हुन्। ताहिरा र आयुष्मानबाट दुई सन्तान जन्मिएको छ।

उनी एक लेखिका पनि हुन् जसले क्यान्सर रोगलाई जितेर अगाडि बढिरहेकी छिन्। पछिल्लो सयम उनले लेखेको पुस्तक ‘द सेभेन सिन्स अफ बिइङ अ मदर’ सार्वजनिक भएको छ।

पुस्तकमा उनले आफ्नो र आयुष्मानको नीजि जीवनबारे रोचक र अचम्मका कुराहरु खुलासा गरेकी छिन्।

सबैभन्दा रोचक चाहीँ उनले आफ्नो ‘ब्रेस्ट मिल्क’ आयुष्मानले पिएको भनेर उल्लेख गरेकी छिन्।

बैंकक भ्रमणमा जाँदा उनीहरुले दुई सन्तानलाई घरमै छाडेर गएका थिए। जसकारण ताहिराको ब्रेस्ट मिल्क खेर गइरहेको थियो। विमानभित्रै पनि उनलाई दुध गान्निने समस्याले दुःख दियो।

जसकारण उनले बारम्बार शौचालय गरेर दुध निकाल्नुपर्यो। ताहिराले आफ्नो ब्रेस्टमिल्क बोतलमा सन्चित गरिरहेकी थिइन्। बैंकको होटल पुगेपछि पनि उनले आफ्नो दुध पम्प गरेर निकालेकी थिइन्।

स्रो क्रममा आयुष्मानले भने बोतलको ब्रेस्ट मिल्क प्रोटिन सेकसँग पिइसकेका थिए। यो क्षणलाई ताहिराले पुस्तकमा लेखेकी छिन्। त्यहाँ भनिएको छ,‘मैले बोतलको ब्रेस्टमिल्क खोई भनेर सोधे? आयुष्मानले उत्तरमा भने, ‘यो मनतातो थियो, असाध्यै धेरै पौष्टिक र प्रोटिन शेकसँग राम्रोसँग मिक्स हुने खालको थियो।’ टाइम्स अफ इन्डिया

Ayushmann Khurrana To Go On A Family Holiday Post His Hectic Work Schedule!


प्रतिक्रिया दिनुहोस्