दिल्ली। चिनियाँ जनमुक्ति सेनाले एक भारतीय नागरिक अपहरण गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
भारतीय राज्य अरुणाचलका एक युवकलाई हालै चिनियाँ सेनाले अपहरण गरेको अरुणाचलका भाजपा सांसद तापिर गाओले पनि पुष्टि गरेका छन्।
अरुणाचललाई चीनले दक्षिण तिब्बत भएको दाबी गर्दछ। तर भारतले अरुणाचले आफ्नो भूमि भएको र चीनले त्यसमा दाबी गर्नु गलत कार्य भएको उल्लेख गर्दै आएको छ।
अपहरण परेका युवक १७ वर्षका मिराम तारोन भएको सांसद गओले जनाएका छन्। चिनियाँ सेनाले भारतीय नागरिक अपहरण गरेको खबरसँगै भारतमा हंगामा मच्चिएको छ।
1/2
Chinese #PLA has abducted Sh Miram Taron, 17 years of Zido vill. yesterday 18th Jan 2022 from inside Indian territory, Lungta Jor area (China built 3-4 kms road inside India in 2018) under Siyungla area (Bishing village) of Upper Siang dist, Arunachal Pradesh. pic.twitter.com/ecKzGfgjB7— Tapir Gao (@TapirGao) January 19, 2022
भारतीय संसदमा पनि यो विषय उठेको छ। चीनले यस्तो अतिक्रमण र अत्याचार गरिरहँदा भारतीय सरकार मौन बसेको भन्दै विपक्षी पार्टी काँग्रेस आईले सत्ताधारी पार्टी भाजपाको आलोचना गरिरहेको छ।
अपहरणमा परेका युवक सियांग जिल्लाका हुन् र सो क्षेत्रमा यसअघि चिनियाँ सेनाले सडक नै बनाएको भारतीय आरोप छ।
गणतंत्र दिवस से कुछ दिन पहले भारत के एक भाग्य विधाता का चीन ने अपहरण किया है- हम मीराम तारौन के परिवार के साथ हैं और उम्मीद नहीं छोड़ेंगे, हार नहीं मानेंगे।
PM की बुज़दिल चुप्पी ही उनका बयान है- उन्हें फ़र्क़ नहीं पड़ता!
— Rahul Gandhi (@RahulGandhi) January 20, 2022