सत्तारुढ गठबन्धनको बैठक स्थगित

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १ : १०


काठमाडौ । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्