ईश्वरनिन्दाको आरोपमा पाकिस्तानमा एक महिलालाई फाँसीको सजाय

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १२ : ३७


इस्लामावाद। पाकिस्तानमा एक महिलालाई ईश्वरको निन्दा गरेको भन्दै त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको छ।

यसअघि २६ वर्षकी अनिता अतिकलाई सन् २०२० मा सोही मुद्दामा २० वर्षको जेल सजाय र डेढ लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको थियो।

तर बुधबार रावलपिण्डीको अदालतले ईश्वरनिन्दाजस्तो गम्भीर अपराध गरेको भन्दै मृत्युदण्डको फैसला गरेको हो।

अदालतका अनुसार दोषी महिलाले मुस्लिम धर्मगुरुको विषयमा आपत्तिजनक टिप्पणी गरेकी छिन्। उनले प्यागेम्बर मोहम्मदको आलोचना गरेको भ्वाइस मेसेज वाट्सएपमा धेरै साथीलाई पठाएको पनि पुष्टि भएको बताइएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्