मेक्सिको। मेक्सिकोका एक युवामाथि प्रेमिकाले ठुलो घात गरेका छन्।
द सनका अनुसार पेशाले शिक्षक रहेका मार्टिनेजले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन एउटा मिर्गौला दिए।
तर ती युवतीले भने अर्कै केटासँग विवाह गरिन्। खबरअनुसार आमाको अपरेसन भएको एक महिना पनि नबित्दै प्रेमिकाले उनलाई ब्रेकअप दिइन्।
टिकटकमार्फत मार्टिनेजले आफ्नो कहानी बताउँदै अहिले प्रेमिकाको अर्कैसँग विवाह भएको उल्लेख गरेका छन्।
उनी दुःखी हुँदै पोष्ट गरेको उक्त भिडिओमा धेरै मानिसहरुले उनीप्रति सहानुभूति जनाएका छन्।