तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : ३९


काबुल । अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरुलाई आह्वान गरेका छन्।

१५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिावानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन्।

‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरुलाई आह्वान गर्छु । त्यसपछि हामीले चाँडै विकास गर्छौ भन्ने मैले आशा गरेको छ,’ राजधानी काबुलमा आयोजित सभालाई सम्बोधन गर्दै अखुन्दले भने । अधिकांश देशहरुले तालिवानलाई अझै पनि अतिवादी समूहका रुपमा हेरेका छन्।

सन् १९९६ देखि सन् २०११ मा पहिलो पटक सत्ता सम्हाल्दा तालिवानले मानवअधिकार उल्लंघनमा रेकर्ड नै तोडेको थियो। दोस्रो कार्यकालमा तालिवानले सत्ताको वागडोर कसरी हाँक्छ भनेर अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निहाल्दै आएको छ।

विपक्षीप्रति नम्र र प्रजातान्त्रिक ढंगले शासन गर्ने प्रचार गरे पनि तालिवानले महिलामाथि चरम विभेद गरेको छ। सरकारी सेवामा कार्यरत महिलालाई घरमै बस्न भनिएको छ भने माध्यामिक तहका छात्रालाई विद्यालय जानबाट रोक लगाइएको छ।

अफगानिस्तानमा आर्थिक र मानवीय संकट चुलिएको विभिन्न अध्ययन प्रतिवेदनहरुले दर्शाएका छन्।


प्रतिक्रिया दिनुहोस्