काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।
दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनेछ।