काठमाडौं। चर्चित भारतीय टेलिसिरियल ‘महाभारत’ श्रृंखलाका अभिनेता नितिश भारद्वजले सम्बन्धविच्छेद गरेका छन्।
महाभारतमा कृष्णको भूमिका निर्वाह गरेका नितिशले १२ वर्षदेखिको वैवाहिक जीवन टुंग्याएका हुन्।
स्मिता गेट र नितिश १२ वर्षयता सामान्य जीवन बिताइरहेका थिए। सम्बन्धविच्छेदपछि नितिशले भनेका छन्,‘म यति मात्र भन्न सक्छु कि कहिलेकाहीँ डिभोर्स मृत्युभन्दा बढी पीडादायी हुन्छ। तपाईं भाँचिएको हाड लिएर बाँचेजस्तो हुनुहुन्छ।’
बम्बई उच्च अदालतमा डिभोर्सका लागि आवेदन दिइएको छ। उनीहरुका जुम्ल्याहा छोरीहरू छन्।