नेपालमा फेरि ह्वात्तै बढ्यो कोरोना, एकै दिन १० हजार संक्रमित बने

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : २०


काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् ।

२२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन्। सोही अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।

यसअघि हिजो ६ हजार ७ सयको संख्यामा कोरोना संक्रमित थपिएको थियो। हिजोको आजै झन्डै ४ हजार बढी संक्रमित थपिएपछि स्वास्थ्यविदहरुले कोरोनाविरुद्धको उपाय अपनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्