काठमाडौं। दैनिक अनलाइनको प्रमुख कार्यकारी अधिकृत सीईओमा कविराज लम्साल नियुक्त भएका छन्।
दैनिक अनलाइनका अध्यक्ष पवन रेग्मीले मंगलबार लम्साललाई सुन्धारास्थित कार्यालयमा स्वागत गरे।
लम्सालले व्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्ययन गरेका छन्। उनले १६ वर्षयता अनावरत रुपमा संचारमाध्ययमा काम गरिरहेका छन्।
यसअघि उनले नागरिक दैनिक, कारोबार दैनिक, बिजमाण्डु लगायत आधा दर्जन पत्रिका र अनलाईनमा प्रमुख बजार व्यवस्थापक र प्रशासकको रुपमा काम गरिसकेका छन्।