लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : ४५


लमजुङ । लमजुङमा आज ८ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी(उदिपुर ३३ के।भि प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले उदिपुर सवस्टेसनका ३३ के.भि तथा ११ के.भि फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले बताइन् ।

निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा तोकिएको समयावधि अगावै विद्युत लाइन संचालन गरिने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्