सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् एजेण्डा

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ३७


काठमाडौं । सत्तारूढ पाँच दलीइ गठबन्धनको बैठक आज (मंगलबार) बस्दैछ । स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्