काठमाडौं। संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन्। डब्ल्यूएएमले बताए अनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन्।
सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन्।
प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ।