सर्वोच्चको फुलकोर्ट बस्दै, प्रधानन्यायाधीश राणा सहभागी नहुने

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ३२


काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक ९फुलकोर्ट० बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् ।

कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो ।

न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो ।

प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरुले माग्दै आएका कारण राणा भने बैठकमा नबस्ने जनाइएको छ ।

उनी बैठकमा नबसेपछि निर्णय कार्यान्वयनका लागि भने उनले हस्तारक्ष गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्