अस्ट्रेलियाको सिड्नीमा २२ वर्षिय नेपाली विद्यार्थी मृत भेटिए

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ६ : २१


सिड्नी। अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेकी छन्।

सिड्नीको अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्।

काठमाडौंको कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया गएकी थिइन्। हाल एमपीएल पढिरहेकी उनको घटनाबारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ।

मृतक सुष्मितालाई नजिकबाट चिन्ने सीड्नीका युवा उद्यमी उद्धव भट्टले यो घटनाले आफू निकै दुःखीत भएको बताएका छन्।

मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्ड मार्फत सहयोग संकलन सुरू गरेको छ।


प्रतिक्रिया दिनुहोस्