प्रदेश २ को नाम अबदेखि ‘मधेश प्रदेश’

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : ५७


जनकपुरधाम। प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो। जुन दुई तिहाइ बहुमत हो।

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो।

साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो।


प्रतिक्रिया दिनुहोस्