गुण्डानाइके विकास पुन ठगी आरोपमा गिरफ्तार

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ३ : ४६


दाङ। दाङका गुण्डानाइके विकास पुन ठगी आरोपमा काठमाडौंबाट गिरफ्तार भएका छन्।

घोराही उपमहानगरपालिका १४ का ४० वर्षीय विकास पुनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सोमबार गिरफ्तार गरेको हो।

डीआईजी धिरजप्रताप सिंहका अनुसार सुन्धाराबाट पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीलाई बुझाउने तयारी भइरहेको छ।

कपिलवस्तुको वाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।


प्रतिक्रिया दिनुहोस्