दिल्ली। भारतीय सेनाको बर्दीमा बदलाव ल्याइने भएको छ।
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले गत शनिबार जनवरी १५ मा भारतीय सेनाको कमब्याटमा परिवर्तन ल्याउने बताएका हुन्।
योसँगै भारतका १२ लाख सेनालाई चरणवद्ध रुपमा नयाँ बर्दी उपलब्ध गराइने भएको छ।
इन्डियन एक्सप्रेसका अनुसार हाल भारतीय सेनाले लगाउने कमब्याट सन् २००८ यता प्रयोगमा आएको थियो।
सार्वजनिक तस्बिरहरुमा भारतीय सेनाको पुरानो र नयाँ बर्दीमा धेरै बदलावहरु देख्न सकिन्छ।
नयाँ बर्दी पहिलेभन्दा हल्का, मजबुत र लगाउन निकै सहज भएको बताइएको छ।